गायक श्याम भट्टराईको ‘हाम्री दाईकी साली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिदेशका रमणिय स्थलहरुमा खिचिएको भिडियो हालै युट्युव मार्फत सार्वजनिक गरिएको हो । शब्द संगीत समेत भट्टराईको नै रहेको भिडियोको दृष्य लोभलाग्दौ देखिन्छ ।

‘हाम्री दाईकी साली’ गीतको भिडियो समेत श्याम भट्टराईको निर्देशनमा तयार भएको हो । मोडलहरु अनिष, अनुषा, यम र रोजिनालाई भिडियोमा देख्न सकिन्छ । बिदेशमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको छ । गीतको संगीत संयोजन ओम कर्मचार्यले गरेका छन् । शंकर राज वाग्लेले छायांकन गरेको भिडियोको सम्पादक अनुप गिरी हुन् । भिडियो हेर्नुहोस् :

For More videos Log on to Mazzako TV