कमेडी गीतहरुबाट समाज परिवर्तनका लागि उल्लेखनिय भुमिका खेल्दै आएका गायक हुन्, श्रीकृष्ण लुईंटेल ‘बोकेदारी’ । रमाईलो पारामा गीतको माध्यमबाट समाजका कुरिति, बिकृती र बिसंगतीहरुका बारेमा चर्को आवाज उठाउदै आएका ‘बोकेदारी’ यसपाली भिन्नै स्वादमा निकै गहकिलो सन्देसमुलक गीत लिएर आएका छन् ।

‘झापा सुरुङ्गा’ बालको नयाँ गीति भिडियो लिएर आएका श्रीकृष्णले सामाजिक चेतनामुलक यो गीतले पनि सदा झै दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन्​।

विवाहको लागीअर्काको छोरी लिन आउँदा ‘जीवन छोरीसँग बिताउने हो दाईजो सँग होईन’ भन्ने मुल नारा गीतले बोकेको छ। गीतमा दिपेश प्रसाईंको शब्द छ भने संगीत कृष्ण भन्डारीले दिएका छन्।

Loading...
For More videos Log on to Mazzako TV