शाहरुख खान र कैटरिना कैफको मुख्य भुमिका रहेको चलचित्र ‘जिरो’को छायांकन अब अमेरिकामा हुने भएको छ । अमेरिकाको अलाबामा हन्ट्सभिलमा रहेको युएस स्पेश एण्ड रकेट सेन्टरमा सिनेमाको छायांकन हुने जानकारी गराईएको छ ।

फिल्मको छायांकनको लागि सल्लाह गर्न शाहरुख खान अनुश्का शर्माको साथमा मुम्बई स्थित अमेरिकी दुताबास पुगेका थिए । सिनेमामा अनुश्काको बिशेष भुमिका रहेको छ ।


आगामी साता सिनेमा युनिट सुटिङ्गका लागि अमेरिका प्रस्थान गर्ने बताईएको छ । २०१८ को डिसेम्बर २१ मा रिलिज हुने साहरुखको बहुप्रतिक्षित सिनेमा जिरोको यतिबेला धमाधम छायांकन भईरहेको छ । आनन्द एल राएको निर्देशन गरेको जिरोमा कैटरिना र अनुश्काको लुक्सलाई लिएर चर्चा शुरु भईसकेको छ ।

सिनेमामा कैटरिना चर्चित सेलिब्रेटी तर रक्सीको लत लागेकी क्यारेक्टरमा प्रस्तुत हुदैछिन् भने अनुश्का संघर्ष गरिरहेकी साईन्टिसको भुमिकामा प्रस्तुत हुदैछन् । सिनेमामा अभय देवलको पनि मुख्य भुमिका रहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV