सौगात मल्ल स्टारर फिल्म ‘शब्द’ को अष्ट्रेलियामा ६ शो सम्पन्न भएको छ । थप शोका लागि डिमान्ड आएको निर्देशक सन्तोष सिवाकोटीले बताएका छन । त्यहाँका दर्शकलाई फिल्म मन परेको पनि निर्देशक सिवाकोटीले बताए । उनी नेपालमै छन् ।  सौगात र कमली फिल्म लिएर अष्ट्रेलिया गएका छन् ।

saugat-malla

‘सिड्नी र ब्रिसवेनमा थप शोको लागि डिमान्ड भैरहेको छ’ निर्देशक सिवाकोटीले भने, ‘नेपालमा पनि सोमबारदेखि फिल्मको व्यापार बढेको छ ।’ पुर्वका हलहरुमा आउँदो सातादेखि फिल्म प्रदर्शन हुने उनले बताए । शब्दमा सौगात र नव नायिका कमली वाईवा मुख्य भूमिकामा देखिएका छन् । गएको शुक्रबारदेखि ‘शब्द’ प्रदर्शनमा आएको हो ।

saugat-and-kamali-in-aus

‘शब्द’ मा सौगात र कमलीसँगै बाल कलाकार अनुभव रेग्मी, रोयदिप श्रेष्ठ र ए.गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । केही दिनपछिसौगात र कमली नेपाल फर्किनेछन् ।

For More videos Log on to Mazzako TV