भारतीय अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । मुम्बई स्थित कोकिला बेन अस्पतालमा उपचाररत कपुरको निधन भएको हो । सन् १९८४ मा उनकी पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएको थियो ।


१६० भन्दा बढी हिन्दी र अंग्रेजी फिल्ममा अभिनय गरेका शशी कपुरको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो । कपुरले सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार पाप्त गरेका थिए ।
नाटकबाट कलाकारिता सुरु गरेका कपुरले सन् १९४४ देखिबाट अभिनय यात्रा सुरु गरेका थिए । कपुरले अभिनय गरेको ‘जब जब फूल खिले’, ‘कन्यादान’, ‘शर्मिली’, ‘आ गले लग जा’, ‘रोटी कपडा और मकान’ लगायतका फिल्म निक्कै हिट छन् ।

Loading...
For More videos Log on to Mazzako TV