चर्चित ब्राजिलियन लेखक पाउलो कोहेलोले बलिउड अभिनेता शाहरुख खानलाई विश्वकै उत्कृष्ट अभिनेता भएको बताएका छन् । उनले ट्विटरमा शाहरुखको तस्बिर राख्दै शाहरुखलाई विश्वकै चर्चित र उत्कृष्ट स्टार भएको बताएका हुन् । पाउलोले शाहरुखले आफ्नो फ्यानहरुलाई हात हल्लाउँदै गरेको फोटो सेयर गरेका छन् । उनले शाहरुखको फोटो क्याप्सनमा लेखेका छन्, ‘विश्वको प्रसिद्ध र उत्कृष्ट सिने स्टार को हुन् ?’

पाउलोले गरेको उक्त ट्विटमा शाहरुखका लाखौं फ्यानहरुले रिट्वीट र कमेन्ट गरेका छन् ।

For More videos Log on to Mazzako TV