गायक अशोक सिवाको आवाज रहेको ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक सिवा गाईघाटलाई बेस बनाएर नेपाली संगीतको क्षेत्रमा सकृय छन् । लामो समयको अन्तराल पछि उनी ‘ए कान्छी’ बोलको गीत तथा भिडियो लिएर दर्शक श्रोता माझ आएका हुन् । ट्राभल स्टोरी समेटिएको भिडियो प्रदिप कुमार चौधरीको निर्देशनमा तयार भएको हो ।

नाटक निर्देशन्, अभिनय तथा लेखनमा सकृय चौधरीको भिडियो निर्देशनमा भने यो डेब्यु हो । भिडियोमा हरी हुमागाईको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । भिडियोमा नायिका सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायत फिचर्ड छन् ।

Loading...
For More videos Log on to Mazzako TV