अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्माताको फोन नउठाउने, उनलाई भेट्न नै नसकिने भन्ने गुनासो धेरै निर्माता गर्छन् । चलेको बेलामा धेरै कलाकारमा यस्तो स्वभाव देखिन्छ । साम्राज्ञी पनि अहिले चलेकी छिन् ।


यसैले उनले पनि यस्तो स्वभाव देखाउनुलाई सामान्य मान्न सकिएला । तर, साम्राज्ञी भने आफ्नो यो काम गर्ने तरिका भएको बताउँछिन् । उनका अनुसार, एउटा फिल्ममा काम गर्दा अरु फिल्मको पनि बोझ दिमागमा लिँदा काम राम्रो निस्कदैन । यसैले, एउटा प्रोजेक्टमा काम गर्दा साम्राज्ञीले अरुलाई मत्तलब नै नगर्ने बताइन् ।

साम्राज्ञीका अनुसार, उनको यो काम गर्ने तरिका कसैलाई मन पर्न पनि सक्छ भने कसैलाई मन नपर्न पनि सक्छ । तर, उनी यस्तै तरिकाले चल्न चाहन्छिन् । साउन १८ गते साम्राज्ञी अभिनित कायरा सिनेमा रिलिज हुँदैछ । उनी अहिले यसका लागि प्रचारमा छिन् ।

Loading...
For More videos Log on to Mazzako TV