साम्राज्ञी राज्यलक्ष्मी शाहले महंगो रकम लिएर नयाँ सिनेमा साइन गरेकी छिन् । उनले निर्मात्री पूनम गौतमले पूनम इन्टरटेन्मेन्टबाट बनाउन लागेको नयाँ सिनेमा साइन गरेकी हुन् । यो सिनेमाका लागि साम्राज्ञीले १५ लाख पारिश्रमिक लिएकी छिन् ।

योसँगै साम्राज्ञी सर्वाधिक महंगो पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छिन् । साम्राज्ञीले कथावस्तु अत्यन्त मन परेपछि फिल्म छाड्न नसकेकी हुन् । सिनेमालाई नवल नेपालले निर्देशन गर्दैछन् । सिनेमामा अभिनेता पुष्पल खड्का र अभिनेत्री रेविका गुरुङ पक्का भैसकेका थिए । सिनेमाको छायांकन माघबाट सुरु हुनेछ ।

सिनेमाले मित्रताको कथालाई देखाउनेछ । सिनेमाको मुख्य भूमिकामा नै साम्राज्ञी छिन् । अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको सिनेमालाई संजय लामाले खिच्नेछन् ।

Loading...
For More videos Log on to Mazzako TV