अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलिया उडेकी छिन् । नायिका तथा निर्मात्री झरना थापासँग चलचित्र ‘ए मेरो हजुर २’ को प्रर्दशनका लागि बुधबार साँझ साम्राज्ञी अष्ट्रेलिया लागेकी हुन् । १७ दिनको भ्रमणका लागि विदेश निश्किएकी साम्राज्ञी निकै उत्साहित देखिएकी थिईन् ।


विमानस्थलमा मिडियासँग गफिदै उनले भनिन्, ‘नेपालमा झै अष्ट्रेलियामा पनि दर्शकहरुको माया पाँउछु भन्ने आशा छ।’साम्राज्ञीको यो दोस्रो विदेश यात्रा हो भने अष्ट्रेलिया उनी पहिलोपटक जाँदैछिन् ।

नेपालमा निकै राम्रो ब्यापार गरेको चलचित्र ‘ए मेरो हजुर २’ अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रर्दशन हुर्दैछ । ‘ए मेरो हजुर २’ लाई झरना पति सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सिनेमामा साम्राज्ञीसँगै सलिनमान बानिया र सलोन बस्नेतलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।


बिमानस्थलमा नायिका साम्राज्ञीलाई आर्यन सिग्देलको चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएको भन्ने हल्ला के हो ? भनेर प्रत्रकारहरुले सवाल तेर्स्याएका थिए । त्यस्तै झरना थापाले अनमोल केसीलाई ५० लाख अफर गरेको भन्ने हल्लाको बिषयमा पनि झरनाले मुख खोलिन्। उनीहरुले के के भने त ?? अनि खास कुरो के हो ??? मज्जाको भिडियोमा हेर्नसक्नुहुनेछ ।

Loading...
For More videos Log on to Mazzako TV