फिल्म ‘समर्पण’ पौष १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । बसन्त निरौला निर्देशित यो फिल्मको छायाँकन नेपाल र बंगलादेशमा गरिएको छ । यसै साता प्रेसमिट गर्दै ‘समर्पण’ को औपचारिक रिलिज मिति घोषणा गरिएको हो । दशक अगाडी प्रदर्शनमा आएको ‘सर्मपण’ को सिक्वेल भने नभएको निर्माण पक्षले बताएको छ ।

samarpan

फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालीको निर्माण रहेको ‘सर्मपण’ मा रोजन रखालको प्रस्तुती छ । फिल्ममा निर्माता समेत रहेका रोजन र रञ्जुसँगै, रूवी शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, अनु पराजुली लगायतको फिल्ममा अभिनय छ । फिल्मले साथी साथी बिचको मित्रताको कथा बोल्ने निर्देशक निरौलाले बताएका छन् ।

Loading...
For More videos Log on to Mazzako TV