बलिउडमा धेरै कलाकारहरुलाई डेब्यु गर्न चान्स दिएका भाईजान हुन् सलामान खान । धेरैका गडफादर सलमान खानले आफ्ना ज्वाई आयुष शर्मालाई पनि फिल्म उद्योगमा लन्च गर्दैछन् । आफ्नै प्रोडक्सनमा बन्दै गरेको सिनेमा ‘लभरात्री’मा उनले आयुषलाई डेब्यु गराएका हुन् । उनले आयुषलाई डेब्यु मात्रै गराएनन् कि सिनेमाको प्रचार प्रसारमा सहयोग पुगोस भनेर आफुले पनि ‘केमियो’ रोल गर्दैछन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘लभरात्री’मा सलमानले डान्स गर्ने सम्भावना छ । सिनेमाको आईटम गीतमा उनले केमियो गर्ने बताईएको छ । सलमान प्राय सिनेमामा लिड रोल बाहेक ‘केमियो’ गर्न त्यति रुचाउदैनन् तर उनको आफ्नै प्रोडक्सन अनि आफ्नै ‘ब्रदर इन ल’ लाई डेब्यु गराउँदै गरेका कारणले पनि उनले केमियो रोल गर्न लागेको बुझिएको छ ।

‘लभरात्री’मा आयुषको जोडीको रुपमा मोडल वारिना हुसेनलाई देख्न सकिनेछ । निकै लामो समय कलाकार हन्ट गरेर वारिनालाई सिनेमामा लिईएको थियो । ‘लभरात्री’लाई अभिराज मिनवालाले निर्देशन गरिरहेका छन् ।

गुजरातमा भएको एक लभ स्टोरीलाई सिनेमाले उठाएको छ । आयुष सलमान खानकी बहिनी अर्पिता खानका श्रीमान हुन् ।

Loading...
For More videos Log on to Mazzako TV