पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर इन्टरनेसनल’ मा पहिलोपटक नेपालले सहभागिता जनाउँने भएको छ । ‘मिस्टर इन्टरनेसनल २०१८’ को १२ औं संस्करणमा बिराटनगरका साजिद अलामले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी ‘मिस्टर इन्टरनेसनल २०१८’ का शीर्ष विजेता समेत हुन् भने ‘म्यान हन्ट नेपाल २०१८’ का सेकेन्ड रनर्स अप हुन् ।


यस्ता अन्तराष्ट्रिय प्याजेन्टमा सहभागिता जनाउन पाउनु ठूलो अवसर भएको प्रतिस्पर्धीसाजिद अलामले बताए । प्रतियोगिता म्यानमारको ‘नेसनल थिएटर अफ यागोन ’ मा अप्रिल ३० का दिन हुने फिनालेमा ३० प्रतिस्पर्धी हुनेछन् । विजेतालाई ‘मिस्टर इन्टरनेसनल २०१७’ का बिजेता पल इस्कन्दरले ताज पहिराउँने छन् ।

Loading...
For More videos Log on to Mazzako TV