अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफविच व्रेकअप भैसकेको छ । तर, यी दुइले एकसाथ काम गरिरहेको फिल्म ‘जग्गा जासुस’को छायांकन भने जारी छ । लामो समयदेखि छायांकन भैरहेको यो फिल्मको खिचाई बल्ल अन्तिम समयमा आइपुगेको छ । ranbeer-kapoor

विश्व बाल दिवसको अवसर पारेर रणवीरले फिल्मको एक तस्बिर सार्वजनिक गरेका छन् । यो दृश्यमा रणवीर स्कुलको यूनिर्फम लगाएर बालबालिकासँग नाचिरहेका छन् ।

यो फोटोले पनि रणवीरको भूमिका फिल्ममा कस्तो छ भनेर जान्न सकिन्छ । विविध कारणले गर्दा यो फिल्मको छायांकन अवधी लम्बिएको हो । अनुराग वासुले निर्देशन गरिरहेको यो फिल्मको प्रदर्शन मिति पनि तोकिएको छ । यसका निर्माता रणवीर पनि हुन् ।

Loading...
For More videos Log on to Mazzako TV