गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ लाई लिएर विविध खाले प्रतित्रियाहरु आइरहेका छन् । समिक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाउन नसकि रहेको ‘पुरानो डुङ्गा’ ले इनिसियल व्यापार भने गर्न सक्यो । फिल्मले सकारात्मक प्रतिक्रिया नपाएपछि निर्देशक रामबाबु गुरुङले समिक्षकलाई फेसबुकमा ब्लक हानेको भन्ने चर्चा चलिरहंदा निर्देशकले यसैलाई लक्षित गर्दै आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेका छन् ।

rambabu-status
निर्देशक गुरुङ लेख्छन्, ‘एउटा डुबाउने देख्छन् । अर्को डुबेको देख्छन् । छाडा शब्दहरू बाहेक भद्र बिश्लेषणहरु सुझाब हुन् । मुल कारण स्पष्ट दर्शाईयोस् मीत ज्यूहरु सपनामा कथेर बिपनामा लखेट्नु हुन्न । र डुब्या पनि छैन, दयिअप पनि गर्या छैन पासा । दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान, प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘पुरानो डुङ्गा’ लाई दर्शकले दिएको प्रतिक्रिया यस्तो छ :

Loading...
For More videos Log on to Mazzako TV