पौष २१ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्म ‘राज्जा रानी’ को दोश्रो टिजर सार्वजनिक भएको छ । आज भैरहेको मतदानलाई लक्षित गर्दै यो टिजर तयार पारिएको छ ।टिजरमा फिल्मका मुख्य नायक नाजिर हुसेनका लागि अर्का कलाकार कामेश्वर चौरासियाले भोट मागिरहेका छन् ।

एम के पौडेलको निर्माणमा तयार भएको यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक पश्चात यसको निर्माण पक्षले दोश्रो टिजर रिलिज गरेको हो । फिल्म मा नाजिर हुुसेन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’को भूमिकामा छिन् ।

 

Loading...
For More videos Log on to Mazzako TV