प्रदेश नम्बर एकका बिभिन्न आठ शहर र गाउँलाई समेटने गरी यही पुष २४ गतेबाट ‘दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४’ को आयोजना हुने भएको छ । मण्डला थिएर नेपालको चर्चित नाटक ‘सरजमिनको धुम्ति’ पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली, धुलाबारी, झोराहाट, रमाईलो, लेटाङ धरान र बिराटनगरमा गरि अन्य विभिन्न स्थानमा नाटक मञ्चन गरिने भएको हो ।
नाटकमा बुद्धि तामाङ, बिजय बराल, बिकाश जोशी, उमेश तामाङ्ग, सोमनाथ खनाल, रञ्जना ओली, विनिता गुरुङ्ग, संयोग गुरागाई रोहित पौडेल, सिजन दाहाल, इन्गिहोपो कोईच सुनवार लगायतको अभिनय रहने छ । चर्चित अभिनेता तथा रंगकर्मी दयाहाङ्ग राई र राजन खतिवडाको समेत सहभगिता रहने बताईएको छ । ‘दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४’ को आयोजना गर्न लागिएको ‘लेट्स इन्टरटेनमेन्ट’ का कार्यकारी प्रमुख बिकास बुढाथोकीले जानकारी दिए ।


नेपाली कला संस्कृति लोकभाका आदिलाई जीवन्त राख्दै मौलिकता मर्न नदिन कार्यक्रमलाई निरन्तरता दिईने ‘कलालय इटहरी’ का कलाकर्मी एवम रङ्गकर्मी सोनु जयन्तिले बताए । यस्ता कार्यक्रमलाई नियमितता दिईएको उनले बताए ।
नयाँ पुस्ताका युवामा लुकेर बसेको कलाकृति र उर्जालाई उत्खनन गर्दै कलाकारितामा खरो रुपमा उतार्न कार्याशाला समेत इटहरी र आसपासका क्षेत्रमा सञ्चालनमा गरिने समेत सोनु जयन्तीले मज्जाको अनलाइनलाई बताए ।
घुम्ती रंङ्गमञ्चले राजधानी र मोफसलका कलाकारहरुबीच सञ्चार सम्पर्क बिस्तार तथा कलाकारलाई सशक्तिकरण गर्ने बिस्वास गरिएको छ । यस यात्रामा परिवन्द कथामा आधारित रहेका कथा बस्तुलाई मुल सन्देशमा केन्द्रित गर्ने र यो कार्यक्रम कलालय इटहरीको संयोजनमा मञ्चन हुनेछ । मण्डला थिएर नेपालका चर्चित रंगकर्मी बिजय बरालसंग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

Loading...
For More videos Log on to Mazzako TV