अभिनेत्री प्रियंका कार्की र सुनिल क्षेत्रीको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डश म्युजिक’ र ‘चाम्लिङ इन्टरटेन्टमेन्टले ‘फास्ट–फास्ट’ बोलको दमदार डान्सिङ गीतको म्युजिक भिडियो सार्बजनिक गरेको हो ।

गायक तथा संगीतकार शंकर थापा स्माईलको संगीत रहेको गीतमा गायिका सुमि चाम्लिङ राई र संगीतकार शंकर स्वयमको स्वर सुन्न सकिन्छ । पछिल्लो समयका चर्चित गीतकार डि.पी खनालको शब्द रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।


भिडियोमा अभिनेत्री प्रियंका, कोरियोग्राफर सुनिलको साथमा उनको डान्स ग्रुप ‘नेपाली ठिटोज’ को मज्जाको नृत्य देख्न सकिन्छ । अनिल कुमार मानन्धरले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोका कोरियोग्राफर र निर्देशक सुनिल क्षेत्री नै हुन् ।

Loading...
For More videos Log on to Mazzako TV