नेपाली फिल्म क्षेत्रमा अभिनेत्री प्रियंका कार्कीको आफ्नै स्टाइल छ । अभिनेत्री कार्कीको पहिरन चर्चा पनि सधै हुन्छ । फिल्मको प्रिमियर होस् या आफू अभिनित फिल्मको कुनै पत्रकार सम्मेलन नै किन नहोस् ? प्रियंका पहिरनमा सधै नै माहिर छिन् ।

आफू अभिनित फिल्म ‘फाटेको जुत्ता’को पत्रकार सम्मेलनमा पनि प्रियंकाको पहिरन खास थियो । यो फिल्मको ओएसटीमा प्रियंकाको बोल्ड अवतार देखिएको छ । गीत अनुसार प्रियंका कार्यक्रममा पनि बोल्ड नै बनेर पुगेकी थिइन् ।

केही दिन फिल्म ‘छक्का पन्जा २’को प्रमोशनका लागि काठमाण्डौ बाहिर पुगेकी अभिनेत्रीले पत्रकार सम्मेलनमा कलाकार कामेश्वर चौरासियासँग निकै रमाइलो गरिन् । अभिनेता सौगात मल्ल पनि कार्यक्रममा उपस्थित थिए । तर, प्रियंकाको खास पहिरनले उनलाइ नै लाइमलाइटमा राखिदियो ।

Loading...
For More videos Log on to Mazzako TV