प्रदर्शनरत फिल्म ‘पुरानो डुङ्गा’ लाई लिएर विविध खाले प्रतिक्रिया आइरहेका छन् । समिक्षात्मक रुपमा रामबाबु गुरुङ निर्देशित फिल्म उत्कृष्ट ठहरिएको छैन । समिक्षालाई लिएर ‘पुराना डुङ्गा’ टिमले पनि आ आ आफ्नो विचार सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । यस्तै नायिका प्रियंका कार्कीले आफ्नो फेसबुक वालमा लामै स्टाटस पोस्ट गरेकी छिन् । प्रियंकाको स्टाटसलाई हामीले जस्ताको त्यस्तै साभार गरेका छौं :

Priyanka Karki

कृपया,
फिल्म भनेको ‘कथा भनिनु’ हो । कथा भन्दा कहिले ‘मिलाएर भनिन्छ’ । कहिले भन्न लाग्दा सिलसिला मिल्दैन । या भनौं नमिलेको कस्तो लाग्न सक्छ । संसारमा हरेक फिल्म सबैलाई मन पर्नै पर्छ भन्ने पनि त छैन नि । काम गर्दा कहिले गल्ती पनि हुन्छन् र कहिले नजानेरै ‘genius’ कामहरु पनि भैदिन्छन् । महत्वपूर्ण कुरा आफ्नो काम पुरै ईमान्दारिताका साथ गरिनु हो । मेहनत गर्दै जानु हो । हामीले हाम्रो काम ईमान्दारिताका साथ नै गरेकाछौँ । राम्रो वा नराम्रो भन्ने यहाँहरुलाई पुरा अधिकार छ । तर आफ्नो ‘personal taste’ लाई लिएर कुनै पनि कुराको मुल्याङ्कन गरिनु तर्कसंगत हुँदैन र झनै ‘फिल्मको समिक्षा’ भन्दा पनि ‘Personal issue’ को गन्ध आउने गरि ‘समिक्षा’ लेखिनु ‘Personal Attacks’  गर्दै फिल्मको भन्दा फिल्म बनाउनेको खण्डन अनि आलोचना गरिनु राम्रो कुरा पटक्कै होइन । फिल्मलाई गाली गर्नुस्, तारिफ गर्नुसु, हाम्रा कामहरु बारे राम्रा र नराम्रा कुरा औँल्याउनुस् । हामी सिक्दै जान्छौं र आफूलाई सुधार्दै जान्छौँ तर व्यक्तिगत टिका टिप्पणी हुनु यहाँ (हामी कसैलाई पनि सुहाउँदैन् ।

कृपया, फिल्मको समिक्षा गर्नुहोला, फिल्मको बारेमा पनि लेख्नुहोला तर आफ्ना ‘personal issue’ ननिकालिदिनु होला । फिल्म भित्र रहेका कुराहरुको खण्डन वा तारिफ गर्नुहोला तर त्यसो गर्दा कुनै पनि किसिमको व्यक्तिगत टिकाटिप्पणी नगरिदिनुहोला । हाम्रो काम ‘कामलाई निरन्तरता दिनु’ हो । हामी हाम्रो कामलाई निरनतरता नै दिन्छौँ, पुरै ईमान्दारिताका साथ । तारिफ अनि आलोचना दुवैलाई स्वागत छ, तारिफले हौसला दिन्छ अनि आलोचनाले आफूलाई सुधार्दै जाने आधार ।
धेरै माया
प्रियंका कार्की

Loading...
For More videos Log on to Mazzako TV