नेपाली चलचित्रमा राम्रो छाप बनाउँन सफल नायिका प्रियंका कार्की पहिलो पटक लोकदोहोरी गीतमा देखिएकी छन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक जिबन भट्टराईसँगै प्रियंका कार्कीको कम्मर मर्काई हेर्न लायक छ । लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द, संगीत रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा रहेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।

पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् । सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु–बाजेको पुस्तालाई याद दिलाउँछ । आफ्ना बाबु-बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ । भिडियो :

Loading...
For More videos Log on to Mazzako TV