विश्वचर्चित नेपाली फेसन डिजाईनर प्रवल गुरुङ्ग र बलिउड क्वीन प्रियंका चोपडाको दोस्ती निकै गज्जबको छ । विश्वका टप टप सेलिब्रेटीको ड्रेस डिजाईन गरिसकेका प्रवलको डिजाईन  प्रियंकाले पनि खुबै मन पराउछिन् । प्रोफेसनल मात्र नभईकन प्रवल र प्रियंकाबीच गहिरो दोस्ती पनि छ ।

टेलिभिजन सिरिज ‘क्वान्टिको ३’ को सुटिङ्गमा ब्यस्त प्रियंका र प्रवललाई क्रिसमसले छोईसकेको छ । हालसालै उनीहरुले ट्वीटरमा फोटो मात्रै सार्वजनिक गरेनन्, एक अर्काको प्रशंशा गर्दै माया साटासाट पनि गरेका छन् । प्रवल प्रियंकालाई ‘PC’ भनेर सम्बोधन गर्छन भने प्रियंका प्रवललाई ‘PG’ भन्छिन् ।

 

 

Loading...
For More videos Log on to Mazzako TV