बलिउड डिभा प्रियंका चोपडा यतिबेला हउिउडमा पनि क्रमश जम्दै गएकी छिन् । टिभी सिरजि ‘क्वान्टिको’ हुदै बिग स्क्रिनमा पनि क्रमश: छाउदै गरेकी प्रियंकाको अर्को नयाँ सिनेमा ‘इजअन्ट इट रोमान्टिक’को ट्रेलर रिलिज गरिएको छ । तर, दु:खको कुरा के भने ट्रेलरमा प्रियंकालाई मुश्किलले तीन सेकेन्ड मात्र देखाईएको छ । यो देखेर प्रियंकाका फ्यानहरु निराश भएका छन् ।

यो सिनेमा ‘इजअन्ट इट रोमान्टिक’मा रिबेल विल्सम र लिएम हेम्सवर्थको मुख्य भुमिका रहेको छ । यो सिनेमालाई ट्रड स्ट्रस शुलसनले डाईरेक्ट गरेका हुन् ।  प्रियंका भने योगा एम्बासडरको भुमिकामा देखा पर्दैछिन् । यो सिनेमा भ्यालेन्टाईन्स डे अर्थात फेब्रअरी १४ मा रिलिज हुर्दैछ । सिनेमा कमेडी जनराको हो ।

Loading...
For More videos Log on to Mazzako TV