प्रताप दासको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप समेत दासले ‘पिलाई दियो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा राम कृष्ण महाराको शब्द रहेको गीतमा भिम विसीले संगीत भरेका छन् , भने प्रतापको स्वर सन्न सकिन्छ ।

सार्वजनिक म्युजिक भिडियोमा रन्जित कुमार पौडेल र मुस्कानले फिचरिङ गरेका छन् । अभेश बजार्चायले खिचेको भिडियोलाई राज केसीले कोरियोग्राफी गरेका हुन् । माधब बेल्बासले सम्पादन गरेका गीतलाई अमृत सुनारले निर्देशन गरेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV