माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको हृदयघातका कारण आईतबार असामयिक निधन भएको छ । बिहान घरमा अचेत अवस्थामा भेटिएका प्रकाशलाई हतार हतार गर्दै नर्भिक अस्पताल पुर्याईएको थियो तर अस्पताल पुर्‍याउँदा सम्म उनको निधन भइसकेको थियो।

उनको निधनपछि भएपछि यतिबेला सामाजिक सञ्जालहरुमा शुभचिन्तक तथा आफन्तहरुले श्रदाञ्जली ब्यक्त गरिरहेका छन् । पुष्पकमल दहाल प्रचण्डका एक्ला सुपुत्र प्रकाश जनयुद्धकालदेखि नै माओवादी पार्टीमा सक्रिय रुपमा लागेका थिए । प्रकाशको जन्म २०३८ असार १७ गते भएको थियो ।

उनले १६ बर्षको उमेरदेखि नै माओवादी पार्टीमा रहेर काम गरे । २०५४ सालमा पार्टीको सदस्यता लिएका थिए भने २०५७ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर का गरेका थिए । ब्यक्तिगत आरचण र बहुबिवाह जस्ता कारणहरुले उनी निकै बिवादमा समेत तानिएका थिए ।

हेरौं, प्रकाश दहालका केही पुराना तस्वीरहरु :-

 

 

Loading...
For More videos Log on to Mazzako TV