प्रदिप र गोविन्दको टाइअप
अभिनेता प्रदिप खड्का अहिले निर्माता गोविन्द शाहीसँग नजिक भएका छन् । अभिनेता खड्का र गोविन्द शाहीको निकटता फिल्म ‘लिलिबिली’पछि हो । यसैले पनि होला अब प्रदिप र गोविन्दले मिलेरै फिल्म बनाउन लागेका छन् । फिल्मको छायांकन कात्तिकबाट सुरु गर्ने उनीहरुको योजना छ ।
गोविन्द शाहीसँगै यो फिल्मका निर्माता सुदिप खड्का र मिलन चाम्सको अर्को प्रोजेक्टमा प्रदिपले काम गर्ने खबर बाहिरिएको थियो । फिल्मको नाम ‘सोलीडोली’ राखिएको थियो । तर, अब प्रदिपले गोविन्दको मात्र फिल्म गर्ने चर्चा चलेको छ । प्रदिपले पनि गोविन्दसँग मिलेर फिल्ममा लगानी गर्न लागेको बताएका छन् ।
गोविन्दसँग प्रदिप नजिक हुँदै गर्दा उनी र फिल्म ‘लिलिबिली’का निर्माता तथा निर्देशक मिलन चाम्ससँगको सम्बन्ध पनि धुमिलिएको फिल्म क्षेत्रमा हल्ला चल्न थालेको छ ।
For More videos Log on to Mazzako TV