पुर्व पोर्नस्टार सनी लियोनीले बलिउडमा निकै चर्चासंगै सफलता पाइरहेका बेला अर्की पोर्नस्टार बलिउडमा भित्रिने भएकी छिन् । ‘गड सेक्स एण्ड ट्रथ’ नामक नयाँ फिल्ममा पोर्नस्टार मिया माल्कोभा बलिउड प्रवेश गर्न लागेको बलिउड मिडियाले उल्लेख गरेका हुन् ।

बलिउडका चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्माको नयाँ प्रोजेक्ट ‘गड सेक्स एण्ड ट्रथ’ मा पोर्नस्टार मियालाई बलिउडमा डेब्यु गराउँन लागेका हुन् । फिल्मको सुटिङ समेत सुरु भइसकेको बलिउड मिडियामा उल्लेख छ । फिल्मको पोष्टर समेत सार्वजनिक गरिसकिएको छ । उक्त पोस्टर निकै बोल्ड देखिन्छ ।

फस्र्टलुकमै मिया न्यूड छिन् तर यसलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । मियाले यो पोस्टर आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् । यो फिल्मको ट्रेलर यही जनवरीको दास्रो हप्तामा रिलिज हुने बताइएको छ ।

 

 

Loading...
For More videos Log on to Mazzako TV