फिल्म म यस्तो गीत गाउँछुबाट रुचाइएको जोडी अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना फेरि पुरा होला कि नहोला ? यो जोडीले सँगै फिल्म खेल्ने भन्दा पनि दुइको विभिन्न खालको गसिप भने आइरहेको छ ।

तर, अब भने पल र पूजालाई लिएर म यस्तो गीत गाउँछु निर्देशक सुदर्शन थापाले नयाँ सिनेमा बनाउने तयारी गरेका छन् । यो सिनेमाको छायांकन कहिलेबाट सुरु हुन्छ फाइनल गरिएको छैन । पलले पनि यो सिनेमामा काम गर्न लागेको प्रतिक्रिया दिइरहेका छन् । पूजा र सुदर्शनले भने यो बिषयमा केही पनि बोलेका छैनन् ।

अहिले रामकहानी फिल्मको प्रचारमा व्यस्त रहेका पूजा र सुदर्शन यो सिनेमा रिलिजपछि मात्र नयाँ सिनेमाको बिषयमा बोल्ने सोचमा छन् । तर, पूजा र पलको जोडी फेरि पर्दामा आयो भने त्यसले एउटा चर्चा भने पाउनेछ ।

Loading...
For More videos Log on to Mazzako TV