नायक पल शाह तथा आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतले प्रेमील जोडीको भावनालाई मज्जाले प्रस्तुत गरिएको छ ।

केहि समययता एउटै भिडियोमा नदेखिएका पल र आँचल पुन एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।

सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV