अभिनेत्री रजनी केसी अभिनित फिल्म ‘पटुकी’ को प्रदर्शन मिति तोक्दै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । राम नेपाल निर्देशित फिल्म ‘पटुकी’ यही वर्षको पौष २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने पक्का भएको हो ।

फिल्ममा रजनीसँगै कलाकार जेम्स विसी र निर्माता म्याक्टेन कालुको मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पुर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको ‘पटुकी’ लाई लक्ष्मण घिमिरेको छायाँकन गरेका हुन् ।

For More videos Log on to Mazzako TV