अभिनेता पल शाहलाई अब एउटा आरोप लाग्न थालेको छ । त्यो के भने, के अब उनी अभिनेत्री आँचल शर्मा विना फिल्म नै नगर्ने हुन् त ? अभिनेता पल शाह र आँचलले लगातार ३ वटा फिल्ममा काम गरिसकेका छन् । अभिनेता पललाई नयाँ फिल्म ‘रानी महल’का लागि अफर गरिएको थियो । जुन, अफर उनले अस्विकार गरेका छन् । यो फिल्म अभिनेता नपाएकै कारण छायांकनमा जान सकेको छैन ।

पलले आफूले फिल्म ‘सत्रु गते’को रिलिज अगाडि कुनै पनि फिल्ममा काम नगर्ने बताएको श्रोतले बतायो । तर, यो फिल्ममा अभिनेत्री आँचल शर्मा छैनन् । कतै, पलले आँचल नभएकै कारणले यो फिल्ममा काम नगरेका त होइनन् ?

Loading...
For More videos Log on to Mazzako TV