निकेश खड्का निर्देशित ‘पखेटा’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त भिडियो अन्य म्यूजिक भिडियो भन्दा केहि फरक छ । मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको छ भने यसलाई प्रविशा अधिकारी र बिष्णु आचार्यले गाएका छन् ।


गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको यो गीत वान सटमै छायाँकन गरिएको हो । यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् ।


गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् । यसमा सुबोल थापा , राजु नेपाली , अनन्त राई , रिना खत्री , सरिना सुनुवार , अनिमा लामाको अभिनय रहेको छ । यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

Loading...
For More videos Log on to Mazzako TV