एक्सन अभिनेता निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’ लाई प्रिमियरमा तारिफ मिलेको छ । बुधबार राजधानीमा गरिएको फिल्मको प्रिमियर शोमा फिल्मकर्मी तथा पत्रकारहरुले मन छुने फिल्म भन्दै तारिफ गरेका हुन् । प्रिमियर शोमा निखिल सहित निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाइली, वितरक गोपाल कायस्थ लगायत उपस्थित थिए ।साथै निखिलकी पत्नी संचिता लुईटेल सहित बिभिन्न चलचित्रकर्मीको पनि उपस्थिती रहेको थियो ।

प्रिमियरपछि नायिका संचिता लुईंटेलले पती निखिल उप्रेतीको पछिल्ला फिल्महरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिइन् । प्रिमियरमा सहभागीले विशेषतः निखिलको एक्सन र साराको अभिनयलाई रुचाएको छ ।द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतको अभिनय छ । फिल्म मोफसलमा यही बिहिबार र राजधानीमा शुक्रबार रिलिज हुँदैछ ।

 

Loading...
For More videos Log on to Mazzako TV