बलिउड नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह तथा नायक शाहिद कपूर स्टारर फिल्म ‘पद्मावती’ रिलिजको समयमा आएर समस्यामा परेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले गुजरातमा विधान सभा चुनाव सम्पन्न नभएसम्म फिल्म रिलिज नगर्न माग गरेसँगै ‘पद्मावती’ अप्ठ्यारोमा परेको हो ।

फिल्म ‘पद्मावती’ले ‘इतिहासमाथि खेलवाड’ गरिएको भए रिलिज नै गर्न नहुने बताएको छ । भारतीय मिडियाहरुका अनुसार, इतिहासको गलत व्याख्याका कारण क्षेत्रीय र राजपूत समुदायको भावनामाथि आहत र्पुयाउन सक्ने भन्दै भाजपाले तत्कालका लागि फिल्म प्रदर्शन गर्न नहुने बताएको छ । ‘पद्मावती’ डिसेम्बर १ मा प्रदर्शनमा आउँदैछ । फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपूर लगायतको अभिनय छ ।

Loading...
For More videos Log on to Mazzako TV