बलिउड अभिनेता सलमान खान सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यमावती’ को पक्षमा उभिएका छन् । फिल्मको पक्षमा बोल्दै सलमानले फिल्म नै नहेरी विरोध गर्नु नहुने बताएका छन् । उनले ‘भन्सालीले कहिल्यै पनि गलत फिल्म नबनाउँने र फिल्म ठिक छ कि छैन हेर्ने काम सेन्सर बोर्डको हो ।’

‘पद्यमावती’ मा नायिका दीपिका पादुकोणले रानी पद्यमावतीको भुमिका निर्वाह गरेकी छिन् भने रणवीर सिंह अलाउद्दीन खिलजीको भुमिकामा छन् । चलचित्रको विरोध गर्नेहरुले रानी पद्यमावती र अलाउद्दिनको इन्टिमेट सिनको वारेमा आपत्ती जनाएका छन् । यो चलचित्र डिसेम्बर १ तारिखबाट रिलिज गर्ने तयारी गरिएको छ ।

Loading...
For More videos Log on to Mazzako TV