बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मको कन्टेन्टलाई दर्शकले मज्जाको प्रतिक्रिया दिए । पछिल्ला फिल्मबाट बक्सअफिसमा अक्षयले राज गरिरहेका छन् । पहिलो दिन १० करोड २६ लाख कमाएको यो फिल्मले दोस्रो दिन १३ करोड ६८ लाख कमाई गरेको छ । यो समाचार तयार गर्दा सम्ममा फिल्मको कमाई करिब २३ करोड माथि छ ।

आर बाल्की निर्देशित ‘प्याडम्यान’ मा अक्षय कुमार, राधिका आप्टे र सोनम कपूर मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय स्यानेटरी प्याड बनाउने मेशिन बनाउँछन्, जसबाट सस्तो मूल्यमा गाउँका महिलाहरुले स्यानेटरी प्याड प्राप्त गर्न सक्छन् । फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् ।

Loading...
For More videos Log on to Mazzako TV