रियालिटी सो ‘नेपाल आईडल’का टप थ्रि गायकहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास आफ्नो सांगीतिक प्रस्तुतीका लागि अमेरिका पुगेका छन् । अमेरिकाको लागि उनीहरुको यो पहिलो भ्रमण हो । लभगभ एक महिनाको यो सांगीतिक यात्रामा बुद्ध, निशान र प्रतापले अमेरिकाका बिभिन्न स्टेटहरुमा आफ्नो सांगीतिक प्रस्तुतीहरु दिनेछन् ।

यसअन्तरर्गत, अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपाल आईडल लाईभ कन्सर्ट फेब्रुअरी ९ तारिकमा हुनेछ । कोलम्बसमा कार्यक्रमको लागि जोडतोडले तयारी भईरहेको आयोजक संस्था होपले जनाएको छ । सो कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा मज्जाको टिभी तथा अनलाईन रहेको छ ।

कोलम्बसमा साँझ ५ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा बुद्ध, निशान र प्रतापले आफ्नो सांगीतिक प्रस्तुती दिनेछन् । पहिलो पटकको अमेरिका यात्रालाई लिएर नेपाल आईडलको टोली पनि निकै उत्साहित देखिएको छ ।

बुद्ध, निशान र प्रतापले जनवरी १९ मा न्यू हेम्सपेयर, २० मा बोस्टन, २१ मा वासिङ्गटन स्याटल, २७ मा न्यूयोर्क, २८ मा बाल्टिमोर, फेब्रुअरी २ मा कोलोराडो, ३ मा डालस टेक्सस, ४ मा बफेलो, ९ मा कोलम्बस, १० मा सान फ्रानसिस्को, ११ मा लस एन्जलसमा कार्यक्रम हुनेछ ।

केटिएम इन्टरटेनमेन्टले नेपाल आईडलका टप थ्रि सिंगरहरुलाई अमेरिका ल्याएको हो । आफ्नो नजिकको पायक पर्ने ठाँउमा नेपाल आईडलको कन्सर्टको मज्जा लिन आयोजक संस्थाले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।

Loading...
For More videos Log on to Mazzako TV