चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पद पूनर्बहालीका लागि गरेको अपिललाई सर्वोच्चले सुनुवाई गरेको छ । सोमबार फैसला गर्दा निकितालाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । योसँगै निकिताको पद पूनर्बहाली भएको छ ।

चलचित्र विकास बोर्डमा ७ महिना अगाडि निकिताको नियुक्ती भएको थियो । सरकारले निकालेको विज्ञापनको आधारमा आफ्नो योग्यताको आधारमा नियुक्त भएको निकिताले दाबी गर्दै आएकी छिन् । भदौ महिनापछि शेरबहादुर देउवाको सरकारले गरेको राजनीतिक नियुक्ती सबै खारेज गर्ने निर्णय केपी ओलीको सरकारले गरेपछि निकिताको पद पनि गुमेको थियो ।

तर, उनले पद पूनर्बहालीका लागि सर्वोच्चमा निवेदन दिएकी थिइन् । सोमबार उनको पक्षमा सर्वोच्चले फैसला गरेपछि उनको पद पूनर्बहाली भएको हो ।

Loading...
For More videos Log on to Mazzako TV