पूर्व मिस नेपाल निकिता चण्डक आइतबार फिल्म ‘रानी महल’मा अनुवन्धित भइन् । यो फिल्ममा उनी अनुवन्धित भएपछि फेरि उनको चर्चा सुरु भएको छ । उनी, मिस नेपाल भएको एक बर्ष लगतै फिल्म क्षेत्रमा आएकी छिन् ।

निकिताले अब महंगो पारिश्रमिक लिएको खबर सार्वजनिक भएको छ । डेब्यू फिल्मका लागि उनले १० लाख पारिश्रमिक लिएकी हुन् । निकिताको यो पारिश्रमिक अहिलेसम्म कुनै मिस नेपालका विजेताले लिएको सबैभन्दा महंगो पारिश्रमिक हो । उनका लागि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले नै यो रकम मागेको थियो ।

फिल्म रानी महलको टिमले पनि मिस नेपालको ब्रान्ड अनुसारको रकम दिएको भन्दै सन्तोक व्यक्त गरेको छ । फिल्मको चर्चाका लागि अब निकिता नै सबैभन्दा शक्तिशाल हुनेछिन् । हिमाल न्यौपानेले यो फिल्मको निर्देशन गर्न लागेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV