पूर्व मिस नेपाल निकिता चण्डकले फिल्म ‘रानी महल’का लागि १० लाख पारिश्रमिक लिएको खबरले हंगामा मच्चाइरहेको छ । पहिलो फिल्ममै निकिताले यति महंगो पारिश्रमिक लिएपछि यसले चर्चा पाउनु स्वभाविक नै हो ।

तर, निकिता भने आफूले यति पारिश्रमिक नलिएको बताउँछन् । पारिश्रमिकको बिषयमा खण्डन गर्दै निकिताले यो बिषयमा खबर आएको कुरा आफूले आफ्ना पिताबाट थाहा पाएको बताइन् । निकिताले आफूलाई सानैदेखि अभिनयमा रुची भएकाले पनि फिल्म क्षेत्रमा आकर्षित भएको बताएकी छिन् ।

निकिता अन्य अभिनेत्रीले यो फिल्म छाडेको बिषयमा आफूले फिल्म साइन गरेपछि मात्र थाहा पाएको बताउँछिन् । उनले, यो फिल्म आफूले नै खेल्नु रहेछ र विभिन्न उतारचढाव आएको बताइन् । निकिता फिल्म क्षेत्रमा नै निरन्तर लाग्ने बताउँछिन् ।

Loading...
For More videos Log on to Mazzako TV