चौधो संस्करणको एनएफडिसी चलचित्र पुरस्कार ०७२ मा फिल्म ‘क्लासिक’ ले वर्चश्व कायम गरेको छ । सर्वोउत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री र सम्पादक सहित यो फिल्मले चार विधामा अवार्ड पायो । यता ‘क्लासिक’ सँगै प्रदर्शनमा आएको अर्को फिल्म ‘प्रेम गीत’ ले सर्वोउत्कृष्ट संगीतकार, नृत्य निर्देशक र पाश्र्व संगीत गरी तीन विधामा अवार्ड पाउँदा ‘पशुपति प्रसाद’ ले फिल्म र लेखन गरी दुई विधामा चित्त बुझायो ।

aryan-namrata-dinesh

अनमोल केसीलाई जुरी अवार्ड प्रदान गरिंदा उनी अभिनित फिल्म ‘ड्रिम्स’ लाई ‘कुसुमे रुमाल’ व्यावसायिक फिल्मको पुरस्कार दिइयो । पुष्कर पत्रकारिता पुरस्कार डा.प्रदिप भट्टराईलाई प्रदान गरियो । एनएफडिसी चलचित्र पुरस्कार ०७२ का विजेताको तालिका यस प्रकार छ :
हिरा सर्वोत्कृष्ट चलचित्र : पशुपति प्रसाद
प्रकाश सर्वोत्कृष्ट निर्देशक : दिनेश राउत ‘क्लासिक’
शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल ‘क्लासिक’
भुवन सर्वोत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ ‘क्लासिक’
नीर सर्वोत्कृष्ट सह अभिनेता : कामेश्वर चौरसिया ‘रेशम फिलिली’
वसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : अशिष्मा नकर्मी ‘अधकट्टी’
शिव सर्वोत्कृष्ट नव अभिनेता : शुशिल सिटौला ‘होस्टेल रिटन्र्स’
चैत्य सर्वोत्कृष्ट नव अभिनेत्री : साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’
चेतन सर्वोत्कृष्ट लेखन : खगेन्द्र लामिछाने ‘पशुपति प्रसाद’
मञ्जु सर्वोत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान र सञ्जय लामा ‘ड्रिम्स’
तुलसी सर्वोत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल ‘क्लासिक’
भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशक : हिमाल केसी ‘भैरव’
प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रण : मुकेश शाह ‘भैरव’
शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिश कार्की ‘प्रेम गीत’
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक : रेनशा वान्तवा राई ‘प्रेम गीत’
उदित सर्वोत्कृष्ट गायन : अञ्जु पन्त ‘सुर्के थैली’ ‘वडा नं ६’
शम्भुजित सर्वोत्कृष्ट संगीतकार : अर्जुन पोखरेल ‘प्रेम गीत’
कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक चलचित्र : ड्रिम्स
मह जुरी पुरस्कार : अनमोल केसी ‘ड्रिम्स’
पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्का : डा.प्रदिप भट्टराई

dipendra-k-khanal

arjun-pokhrel

anju-panta

bhuban-deepak-deipa-madhav

For More videos Log on to Mazzako TV