फिल्म ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’ जस्ता फिल्महरु निर्माण गरेको आइकोर फिल्मसले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । ‘इन्टु मिन्टु लण्डनमा’ नाम राखिएको फिल्मलाई ‘मेरो एउटा साथी छ’ बाटै कोरियोग्राफीको करिअर सुरुवात गरेकी रेनाशा वान्तवा राईले निर्देशन गर्नेछिन् भने फिल्मको शिर्ष भूमिकामा नव नायक धिरज मगर र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह प्रस्तुत हुनेछन् । फिल्म निर्देशनमा रेनाशाको यो डेव्यु हो ।

शुक्रबार राजधानीमा आयोजना गरिएको फिल्मको औपचारिक कार्यक्रममा ‘इन्टु मिन्टु लण्डनमा’ का सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गर्दै फिल्मबारे थप जानकारी दिइयो । प्रेसमिटमा फिल्मबारे निर्देशक राईले भनिन्, ‘मेरो एक दशकको कोरियोग्राफी करिअरमा पाएको साथ सहयोगको आशा मैंले मेरो निर्देशकिय करिअरमा पनि गरेको छु । साथ र सहयोग भयो भने गीत मात्रै होइन फिल्म नै राम्रो बनाउने अठोट लिएको छु ।’ ‘ड्रिम्स’ रिलिज पछि तेश्रो फिल्ममा अभिनय गर्न लागेकी साम्राज्ञीले ‘इन्टु मिन्टु लण्डन’ मा खेल्नुको कारण बारे भनिन्, ‘रेनाशा दिदी मास्टर पिस हो । गीत यति सुन्दर बनाउँनु हुन्छ भने फिल्ममा त उहाँले जादु नै गर्नुहुन्छ । त्यसकारण म उहाँसँग काम गर्न राजी भएँ ।’

यता नव नायक धिरज मगरले भने स्क्रिप्ट मन परेर फिल्म खेल्न राजी भएको बताए । ‘म यो टिम र विशेष गरी साम्राज्ञीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु’ उनले भने । सानै देखि लण्डनमा बस्दै आइरहेका धिरज युट्युवर पनि हुन् । उनलाई युवा पुस्ताको एक जमातले राम्रोसँग चिन्दछ । ‘इन्टु मिन्टु लण्डनमा’ को कार्यक्रम आयोजना गरिएको दरबार मार्गको याक एण्ड यति होटलमै केही युवतीहरु धिरजलाई भेट्न पुगेका थिए ।

‘इन्टु मिन्टु लण्डनमा’ को छायांकन जुन १६ बाट काठमाण्डौंबाट सुरु गरेर हुनेछ भने बाँकी छायाँकन लण्डनमा हुनेछ । अगष्ट ७ सम्ममा सुटिङ सक्ने निर्माणपक्षको भनाई छ । फिल्ममा साम्राज्ञी र धिरजको साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगाँईको मुख्य भूमिका रहनेछ । फिल्ममा प्रभु शमशेर जवरा, प्रज्जवल शमशेर जबराको लगानी रहनेछ । फिल्ममा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह निर्माताको रुपमा छन् ।

रेनशा र प्रज्वलको कथा रहेको फिल्मलाई अभिमन्यू दिक्षितले लेखेका हुन् । आभाष कर्मचार्यको संवाद, शैलेन्द्रध्वज कार्कीको छायांकन, विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्मचार्य, हर्कुलेस बस्नेत र स्वप्न सुमनको संगीत रहनेछ । फिल्मको प्रोडक्सन सुरज आचार्यले सम्हाल्ने छन् ।

Watch Mazzako Guff :-

Loading...
For More videos Log on to Mazzako TV