नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुको बिषेश कन्सर्ट सम्पन्न भएको छ । शनिबार टुडिखेलमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जन दर्शक कार्यक्रम स्थल टुडिखेलमा बेहोस भए । उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन् ।

कार्यक्रम स्थल दर्शकले निकै खचाखच भएको थियो । जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो । तिनै जना प्रतिस्पर्धीहरुको नाम लिदै नारा मात्रै लगाईएन आफुलाई मन पर्ने प्रतिस्पर्धीलाई गरेको हुटिङ पनि हेर्न लायक थियो ।

कन्सर्टमा आईडलका तीनै प्रतिस्पर्धीहरु ले दुई–दुई ओटा गीतहरु गाएका थिए । जसमा प्रताप दासले पहिलो प्रस्तुती दिएका थिए । उनले कार्यक्रममा चलचित्र ‘प्रेम गीत २’ को ‘मोटरसाईकलमा’, निशानले ‘तुलसी आँगनमा रोपौँला’ र बुद्धले ‘अरे क्यानम’ बोलको गीत गाएक थिए । कार्यक्रमको सञ्चालन नेपाल आईडलकी नियमित होस्ट रिमा बिश्वकर्माले गरेकी थिईन् ।

 

Loading...
For More videos Log on to Mazzako TV