लाग्दैछ, प्रेम सम्बन्धमा लागेको ब्रेकअपपछि नायिका नीता ढुंगानाको फिल्मी करिअरले गति लिदैंछ । प्रदर्शनरत फिल्म ‘निर्भय’ की नायिका नीता फेरी अर्को छायाँकनरत फिल्म ‘करोडपती’ मा अनुबन्धित भएकी छिन् ।

‘करोडपती’ मा नीता नायक आर्यन अधिकारीको अपोजिटमा प्रस्तुत भएकी छिन् । बझिए अनुसार आर्यन र नीता फिल्ममा चर्चित बलिउड हाँस्य कलाकार राजपाल यादवको भान्जा र भान्जीको भूमिकामा छन् । बनेपाको सुटिङ सेटबाट नीताले राजपाल र आर्यनसँगको तस्बिर फेसबुकमा पोस्ट गरेकी छिन् । जुन तस्बिरहरुमा नीता निकै राम्री देखिएकी छिन् । अधिकारी ब्रदर्स र केतन फिल्मस प्रा.लिको संयुक्त ब्यानरमा बन्दै गरेको फिल्म ‘करोडपती’ नेपाली र हिन्दी दुवै भाषामा बन्ने बताइएको छ ।

 

For More videos Log on to Mazzako TV