फिल्म ‘कुम्भ करण’ को ट्रेलर आइतबार सार्वजनिक भएको छ । तर, फिल्मको ट्रेलरमा अभिनेत्री नीशा अधिकारी हाबी भएपनि उनको एउटा पनि संवाद सुन्न दर्शकले पाउँदैनन् । आखिर किन फिल्मको ट्रेलरमा नीशा अधिकारीको आवाज समावेश गरिएन ?

फिल्मका निर्देशक दीपक वलीका अनुसार नीशा नेपाल बाहिर रहेकाले उनको आवाजमा डबिङ गर्न नपाइएको हो । अभिनेत्री नीशा अधिकारी अमेरिका मंसिरमा गएकी हुन् । तर, यो फिल्मको निर्माण भएको धेरै समय भैसक्यो । यसैले पनि नीशा र यो फिल्मको टिमविच सम्बन्ध राम्रो छैन भन्ने वुझिन्छ । श्रोतको खबरलाई मान्ने हो भने नीशा अधिकारीसँगको लफडाका कारण नै यो फिल्मको रिलिजका लागि समय लागेको हो ।

यसैले पनि निशा अधिकारी र यो फिल्मको टिमविच सम्बन्ध राम्रो नबन्दा उनको आवाज समावेश गर्न नसकिएको हो । निशाको आवाजमा अर्कै अभिनेत्रीले डबिङ गरिसकेकी छिन् ।

Loading...
For More videos Log on to Mazzako TV