नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नग्मा श्रेष्ठ आफुलाई भोट गर्न आग्रह गरेकी छिन । पहिलो मिस नेपाल युनिभर्स नग्मा यतिबेला लास भेगासमा छिन । उनले त्यहाँ रजिस्ट्रेसन गरेर आफुलाई विभिन्न राउण्डको लागि तयार गरिरहेकी छिन ।


पहिलोपटक मिस युनिभर्समा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन । भोट गत नोभेम्बर २० देखि नै गर्न पाइनेछ । उनलाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि #missuniverse / #Nepal ह्यासट्याग गर्नु पर्छ र यसको री ट्वीट काउन्ट हुनेछ ।

नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको संस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्ने्छिन् ।
योलिंक मार्फत भोट गर्न सकिनेछ https://missuniverse.votenow.tv

Loading...
For More videos Log on to Mazzako TV