नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नृत्य रहेको मुसु मुसु हाँसेर गीत रिलिज भएको छ । राजेन्द्र बजगाईको शब्दरसंगीत रहेको गितमा भेषराज गौतमको स्वर रहेको छ । गीत लगातार ३ दिन देखि युटुब ट्रेडिङकाे १ नम्बरमा पर्न सफल भएकाे छ ।‘कार्टुन्ज क्रु’ले प्रस्तुत गरेको सबै जसो गीतमा पृथकता हुने भएका ले पनि यत्तिको चर्चा र सफलता पाएको बुझ्न सकिन्छ ।

सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा अधिकारी स्वयमले कोरियोग्राफी गरेका छन् । आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहानको डान्स र कमेडी उक्त भिडियोमा देख्न सकिन्छ ।  गीतको एरेन्ज पुषकर सुनुवारले गरेका छन्।

 

Loading...
For More videos Log on to Mazzako TV