विशारद बस्नेत निर्देशित भाद्र १ गते रिलिज हुने फिल्म ‘मिस्टर भर्जिन’ को दोस्रो गीत सार्वजनिक भएको छ ।केहि दिन अघि सार्वजनिक गरिएको टिजरले मज्जाको प्रतिकृया पाएको अबस्थामा ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।

नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् । उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.)को आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन् । गीतका शब्द टुरिस्ट जङ बि.केले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्मको कथा, पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

For More videos Log on to Mazzako TV