रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म ‘मिस्टर झोले’ को ट्रेलर गरिएको हो । कमेडी जनरामा निर्माण भएको फिल्ममा दयाहाङ राई, दिया पुन, बर्षा बुद्धि तामाङ, बिजय बराल मुख्य भूमिका रहेका छन् ।

‘सिनेमा आर्ट’ र टेकेन्द्र खड्का प्रोडक्सनको संयुक्त निर्माण रहेको ‘मिस्टर झोले’ मा दयाहाङ, दिया, बुद्धि र बर्षा विजयसँगै प्रविण खतिवडा, अरुणा कार्की, पुष्कर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का निर्माता हुन् । निर्देशक गुरुङकै कथा तथा स्क्रिप्ट रहेको ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Loading...
For More videos Log on to Mazzako TV