फिल्म ‘लाल पुर्जा’ को गीत रिजिल गर्दै प्रदर्शन मिति तय गरिएको छ । हालै युटुब मार्फत ‘मीतेरी एन्थम’ बोलको गीत रिलिज गर्दै माघको ४ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । जेसन कुँवरको शब्द रहेको गीतमा अन्जन बाबु, सुम्नीमा सिंह, संगिता चौलागाईं, जेसन कुँवर, पुष्पा पलानचोकेको स्वर छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको उक्त गीतलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

निगम श्रेष्ठको निर्देशनमा निर्माणमा बनेको फिल्म ‘लाल पुर्जामा’ मा सौगात मल्ल, मेनुका प्रधान, बीपीन कार्की, कामेशोर चौरासीया, हरिहर शर्मा, मिरुना मगर, कुमार नगरकोटी लगायतको अभिनय छ ।

Loading...
For More videos Log on to Mazzako TV